शिक्षा क्षेत्र सुधारको लागी लामो समय देखी शिक्षा क्षेत्रमा काम गर्दै आएको समाजिक संस्था घाँसी आर्दश सामाज नेपाल “घाँसी नेपाल”ले भूकम्पबाट प्रभावित विद्यालय भवनहरुको पुननिर्माण गर्नुको साथै विद्यार्थीको शिकाइमा सरलता र सहजताको लागी छात्रवृती, पुस्तकालय निर्माण लगाएतका कार्य गर्दै आएको छ । विद्यालय पुर्ननिर्माणको शिलशिलामा विद्यार्थीहरु र पाठकवर्गहरुको इच्छा र सरलिकरणको लागी पुस्तकालय पनि एक महत्वपूण अंगरहेछ भन्ने सोचका साथ तनहुँ जिल्लाको व्यास नगरपालिका ११ दुम्सि चौरमा कोरिया स्थित इन्डिगो शोवान नामक संस्थाको आर्थीक सहयोगमा घाँसी नेपालले पुस्तकालय निर्माण कार्यको सुरुवात गरेको छ । उक्त पुस्तकालय तनहुँ जिल्ला व्यास नगरपालिकामा अवस्थित विद्यार्थीहरुका साथै पाठक वर्गहरुलाई लक्षित गरि निर्माण गरिने छ । पुस्तकालयको लागी आर्थीक सहयोग इन्डिगो शोवान संस्थाले गरेपनि भौतिक तथा पुस्तकहरु र अन्य स्टेसनरी सामाग्री घाँसी नेपालको पहलमा निर्माण हुनेछ ।