भानुको सम्झनामा : पानी वितरण ।



“अध्यात्म रामायण” लाई नेपाली भाषामा भावानुवाद गरी नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा योगदान पु¥याउनु भएका आदिकवि भानुभक्त आचार्यको २०४ औँ जन्मजयन्तीको अवसरमा घाँसी आर्दश समाज नेपाल (घाँसी नेपाल) ले बाटोमा हिडने बटुवाहरुको लागी स्वयंम्भू चोकमा नि:शुल्क पिउने पानी वितरण गरेको थियो । घाँसी नेपाल विगत लामोसमय देखी शिक्षा क्षेत्रमा काम गर्ने गैरसरकारी सामाजिक संस्था हो । घाँसी नेपालले विनासकारी भूकम्प पछि भत्किएका विद्यालय भवन पुर्ननिर्माण कार्य गर्दै आएको छ । शिक्षा क्षेत्रको काम संगै पानी वितरण गरेर समाज सेवाका हात अघाडी बढाइरहेको छ । पिउने पानी वितरण गर्नको लागी घाँसी पानी वितरण समिति तयार गरेको छ जसको संयोजक राजकुमारी तामाङ हुनुहुन्छ । तामाङको अगुवाइमा विभिन्न धार्मीक पर्व तथा भानु जयन्तिको अवसरमा पिउने पानी वितरण गर्दै आएको छ ।

          

  

Related Links

Contact Us

Youtube


Facebook