पुनर्निर्माण अभियानका अनुभव र स्मारिका प्रकाशन ।



घाँसी आर्दश समाज नेपाल (घाँसी नेपाल) ले पुर्निनर्माण अभियानका शिलसिलामा गरेका अनुभव र आगामिदिनमा पुनर्निर्माण प्रकृयाका बारेमा खेल्नुपर्ने भुमिकाका बारेमा अनुभव समेटेर घाँसी स्मारिका प्रकासन गरेको छ । प्रकाशित स्मारिका विमोचन तथा लायनस् क्लव अफ काठमाण्डौँ घाँसी नेपाल कार्यक्रमका प्रमुख अतिथी माननिय उपप्रधान तथा शिक्षा मन्त्रि गोपाल मान श्रेष्ठ ज्यूले पानसमा बत्तिबालेर कार्यक्रमको उद्धघाटन गर्नु भएको थियोे । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएकोमा धन्यवाद व्यक्त गर्दै घाँसीको आर्दशमा हामी सबै लागेमात्र योदेशको मुहार फेरिने भएकोले घाँसीको आर्दश र घाँसीको कामबाट प्भावित भएको बताउनु भएको थियो । कार्यक्रमामा घाँसी नेपालका अध्यक्ष माधव प्रसाद घिमिरे ज्यू ले सबैको सहयोगले आजका दिन सम्म घाँसी नेपालले विद्यालय पुनर्निमाण अभियानलाइ अगाडि बढाएको छ र आगामि दिनमा पनि यसरिनै सहयोग रहिरहे अपेक्षित लक्ष्यमा पुग्ने विश्वार व्यक्त गर्नु भर्नुभएको थियो । कार्यक्रममा माननीय सभासद् – रामचन्द्र पोखरेल ज्यू, माननीय सभासद्–उमेश श्रेष्ठ ज्यू, अध्यक्ष, राष्ट्रिय समाचार समिति – कुलचन्द्र वाग्ले ज्यू,पूर्व राजदुत (फ्रान्स)–मोहन कृष्ण श्रेष्ठ ज्यू, महानायक – राजेश हमाल ज्यू,  डिस्ट्रिक ३२५ वि १ का डिस्ट्रिक गर्भनर पि.एम.जे.एफ.लायन बाल कृष्ण वुर्लाकोटी ज्यू, लायनन्स क्लव अफ काठमाण्डौँ, पिङङ्गला स्थानका क्लव अध्यक्ष लायन विमला कुमारी श्रेष्ठ भण्डारी ज्यू, लायन्स क्लव अफ काठमाण्डौँ घाँसी नेपालका संस्थापक अध्यक्ष लायन रामराजा थापा ज्यू, उपाध्यक्ष घाँसी नेपाल – नेत्र बहादुर शाही ज्यू, सचिव घाँसी नेपाल– शोभा कान्त पाण्डे ज्यू, संस्थापक सदस्य तथा सल्लाहकार घाँसी नेपाल– सन्तोष शाह ज्यू, सल्लाहकार घाँसी नेपाल – प्रा.डा. ध्रुवराज अधिकारी ज्यू,सल्लाहकार घाँसी नेपाल – सह. प्रध्यापक डा. राम भण्डारी ज्यू, लगाएतका व्यक्तिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले आजको नेपाल मा घाँसीको आर्दशको वयान गर्नु भएको थियो ।
       


 

Related Links

Contact Us

Youtube


Facebook