विद्यालय पुन:र्निमार्णमा सहयोगी हातहरु जुट्दै



घाँसी आदर्श समाज नेपाल (घाँसी नेपाल) ले गोकणेश्वर न.पा.-७ बालुवा गाँउ स्थित तारेभिर प्रा.वि. को विद्यालय भवन निर्माण कार्यलाई अगाडी बढाइरहेको छ । उक्त विद्यालय भवन बौद्ध धर्मका धर्मगुरु तुल्कु छेएकीनिमा रिम्पोचे र गायनाको रुपमाचिनिने आनिछोइङ  डोल्माले धार्मीक विधिअनुसार भूमी पूजा गरेर २०७३/१२/२० गते बाट काम सुरु भएको हो । भवन निर्माणको लागी घाँसी नेपाल लाई  २०७३/१२/२२ गतेका दिन स्थानिय युवा तथा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष लक्ष्मण तामाङ र भूपूअध्यक्ष विकास तामाङ को अगुवाइमा बालुवा गाउँका १९ जना युवाहरुले भवन पुनःनिर्माणको कामलाई श्रमदान गरेर सहयोग गर्नु भएको छ । महाभूकम्पले प्रभावित बनेको उक्त विद्यालयको भौतिक संरचना निर्माणाधिन अवस्थामा छ ।

 

 

Related Links

Contact Us

Youtube


Facebook