पुनःनिर्माण अभियानमा घाँसी नेपाल ।




विद्यालय भवन पुनःनिर्माण अभियान अन्तरगत गोकणेश्वर न.पा.७ बालुवा गाँउ स्थित तारेभिर प्रा.वि. को विद्यालय भवन बौद्ध धर्मका धर्मगुरु तुल्कु छेएकीनिमा रिम्पोचे र गायनाको रुपमाचिनिने आनिछोइङ  डोल्माले धार्मीक विधिअनुसार भूमी पूजा गरेर भवन पुनःनिर्माणको कार्यलाई अगाडी बढाउनु भएको छ । उक्त अवसरमा धर्म गुरुहरुले राम्रा काममा सबैले साथ दिनु पर्ने भन्दै घाँसी नेपालले गरेको कामको प्रसंसा गर्नु भएको थियो । आनीले घाँसी नेपालको विद्यालयभवनपुनःनिर्माणको लागी सहयोग गरिरहनु भएको छ । उक्त विद्यालय भवन गत वर्षको महाभूकम्पबाट भग्नावशेष रुपमा परिणत भएको थियो । लामो समय पछि घाँसी नेपालको पहलमा भवन पुनः निर्माण हुन लागेकोमा स्थानीय बासिन्दा र विद्यार्थीहरुले खुशी व्यक्त गरेका थिए । 

Related Links

Contact Us

Youtube


Facebook