सुमधुर स्वरकि धनि आनी छोइङ डोल्मा बौद्ध धर्मकी धर्म गुरु पनि हुनुहुन्छ । देश र विदेशमा राम्रो गायनाको रुपमा चिनिने डोल्मा धर्म सँगै कर्ममा पनि विश्वास गर्ने एक महान व्यात्तित्वको रुपमा चिर परिचित मानिन्छन । गाएन क्षेत्रमा ख्याति प्राप्त डोल्माले धेरै वटा स्वदेशी तथा विदेशी गित गाएर आफ्नो गायन क्षेत्रलाइ फराकिलो बनाइसक्नु भएको छ । डोल्माले पहिलो नेपाली गित फुलको आँखामा फुलै संसार बाट हरेक नेपालीको ह्दयमा बास बस्न सफल भएकी डोल्मा गायक क्षेत्रबाट उठेको रकम समाज सेवामा लगाउर्दै आउनु भएको छ । समाज सेवाकै शिल शीलामा भुकम्पबाट प्रभावित भएका विद्यालय भवनहरुको पुन : निर्माणमा घाँसी आदर्श समाज नेपाल – घाँसी नेपाल ) लाई सघाउने हेतुले घाँसी नेपालको कार्यालय (घाँसी घर) मा विद्यालय पुन : निर्माण अभियानको लागी रू १४०७५८५ (चौधलाख सात हजार पाँच साय पञ्चासी )को चेक घाँसी नेपालका अध्यक्ष माधव प्रसाद घिमिरे ज्यू, लाई हस्तान्तरण गर्नु भएको थियो । चेक ग्रहणगर्दै अध्यक्ष घिमिरेले डोल्माको सहयोग पुनःनिर्माण अभियनको लागी बलियो खम्बा सावित हुने गरि सदुपयोग गर्ने सोच घाँसी नेपालको रहेकोले सहयोगको सहि सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नु भएको थियो । युनिसेफकी सद्धभाव दूत समेत रहेकी आनी छोइङ डोल्माले घाँसी नेपालले गरेको कामको प्रसंसागर्दै भनिन “सम्पती को सुखभोग गर्न चाहानुहुन्छ भने दान दिन सिक्नु होस” हिजो घाँसी ले पनि यसै गरेका थिए हामी पनि कमाएको सम्पती दान दिन सिकौ भन्ने भावना व्याक्तगर्दै घाँसी को आदर्शमा आधारित सँस्थाको उद्देश्यपनि दान दिनको लागी भएकोले यस सँस्था प्रति आफु प्रभावित भएको बताउनु भयो ।कार्यक्रममा घाँसी नेपालका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । सदस्यहरुले एकसाथ डोल्मालाई स्वागत गर्नुको साथै डोल्माको हातबाट आसिस लिनुभएको थियो ।