घाँसी आदर्श समाज नेपाल (घाँसी नेपाल) द्धारा निर्माण गरिएको गोरखा जिल्लाको गोहोरे स्थित जनकल्यण मा.वि.को नव निर्मिति विद्यालय भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा घाँसी नेपालका अभियान्ता महानायक राजेश हमाल ज्यूको विशिष्ट आथित्य र जिल्ला शिक्षा र जिल्ला प्रमु्ख अभिकारी जितेन्द्र बस्नेतज्यू को प्रमुख अ8थित्यमा हस्तान्त्ररण तथा उद्घाटन भएको थियो । घाँसी नेपालका पदाधिकारी लगाएत कलाकार, पत्रकार, स्थानिय सरोकार वाला तथा सर्वसाधारणको बाक्लो उपस्थितिका विच विद्यालय भवन उद्घाटन तथा हस्तान्त्ररण कार्यक्रम सु सम्पन्न भयो । कार्यक्रमको अन्तिममा कलाकार कुलेन्द्र विश्वकर्मा र सम्झना भण्डारीको दोहारी गित प्रस्तुतिले गोहोरे बासीलाइ नचाउदै कार्यक्रमको समापन भयो ।