सोनाम ल्होछार पर्वको अवसरमा पिउनेपानी वितरण ।
तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसर पारेर घाँसी आदर्श समाज नेपाल (घाँसी नेपाल)द्धारा राजधानीको टुँडिखेलमा उपस्थित हुनुभएका सर्वसाधारणहरुलाई निःशुल्क पिउने पानी वितरण गरिएको थियो । यस अघि पनि विभिन्न सामाजिक तथा साँस्कृतिक कार्यक्रमहरुमा घाँसी नेपालले निःशुल्क खानेपानी वितरण गर्दै आएको थियो ।