श्री बालबोध मा.वि.मा सम्मान तथा तीज बिशेस कार्यक्रम सम्पन्न शिक्षा नै बिकास को मूल आधार हो भन्ने मूल मान्यता सहित स्थापित तथा सामाजिक कार्य मा सक्रिय संस्था घाँसी आदर्श समाज नेपाल (घाँसी नेपाल) लाइ श्री बाल बोध माध्यमिक बिद्यालय नागार्जुन -८ भिम ढुङ्गा ले सम्मान गरेको छ l बिद्यालय द्वारा आयोजित सम्मान तथा तीज बिशेस कार्यक्रम मा विभिन्न सहयोगी संस्था हरुलाई सम्मान गरिएको हो l महा भूकम्प २०७२ को कारण बिध्यालय भवन पूर्ण रुपमा क्षति भएको अवस्था मा घांसी आदर्श समाज नेपाल ले तिन कोठे बिध्यालय भवन निर्माण गरिदिएको थियो l कार्यक्रममा बोल्दै घाँसी आदर्श समाज नेपाल का अध्यक्ष श्री माधव प्रसाद घिमिरेले भूकम्पले क्षत विक्षत अवस्थामा आफ्नो संस्थाले बिद्यार्थी को भविस्य लाइ मध्य नजर राखेर भवन निर्माण गरेको र सो कर्म प्रति आफुलाई गर्व महशुस भएको बताउदै आगामी दिनमा पनि आफ्नो संस्थाले गर्न सक्ने सहयोग मा सहभागी हुने इच्छा व्यक्त गर्नु भयो l कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित प्रदेश न.३ का प्रदेश सभा सदस्य मा.श्री केशव प्रसाद पोखरेल ले सरकार को ध्यान अब बिकाश निर्माण र प्रगति मा केन्द्रित रहेको तर सरकार ले मात्रै सबै कुरा गर्न समस्या परिरहेको अवस्थामा सामाजिक संस्था को भूमिका महत्वपुर्ण रहने धारणा राख्दै घाँसी नेपाल लाइ धन्यवाद सहित आगामी दिनको लागि शुभकामना ब्यक्त गर्नु भयो l सो कार्यक्रम मा बिद्यालय मा छात्रवृत्ति वितरण तथा छात्रवृत्ति कोष स्थापना गर्नुहुने सहयोगी दाताहरुलाई समेत सम्मान गरिएको थियो l कार्यक्रममा बोल्दै वि.व्या.स. अध्यक्ष श्री गोकुल कुँवर ले बिद्यालय को उन्नति र प्रगति का लागि सहयोग गर्नु हुने सबै संस्था प्रति आभार ब्यक्त गर्दै आगामी दिनमा पनि साथ् र सहयोगको अपेक्षा गर्नु भयो l