घाँसी नेपाल र लभ एण्ड सपोर्ट फाउण्डेशन बीच सहयोग सम्बन्धी सम्झौता



शिक्षा, स्वास्थ र समाज सेवाका क्षेत्रमा क्रियाशिल  सामाजिक संस्था घाँसी आर्दश समाज नेपाल (घाँसी नेपाल) ले संयुक्त राज्य अमेरिका स्थीत प्रवासी नेपालीहरुको गैर नाफा मुखी संस्था Love and Support Foundation सँग ग्रामिण स्वास्थ्य सेवाका क्षेत्रमा  सहकार्य गरि अघि बढ्ने विषयमा सम्झौता गरेको छ । घाँसी नेपालका अध्यक्ष श्री माधव प्रसाद घिमिरे र Love and Support Foundation का अध्यक्ष श्री मनोज राई बिच Love and Support Foundation द्वारा मिति २०७६/०३/२४ गतेका दिन मध्य बानेश्वर स्थिति Michael Grills Hotel मा अयोजना गरेको Global Nepali Film, Music, Media & Social Award कार्यक्रममा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो l  सम्झौता पत्रमा घाँसी नेपाल ले संचालन गर्ने सामाजिक कार्यको लागि Love and Support Foundation ले बार्षिक रू ५,००,०००/- (अक्षरुपी- पाँच लाख मात्र l ) र ग्रामिण क्षेत्रमा जैविक sanitary pad प्रयोगको जागरण तथा महिला स्वास्थसँग सम्बन्धित चेतना मुलक कार्यक्रमका लागि रू १,००,०००/- (अक्षरुपी- एक लाख मात्र l ) उपलब्ध गराउने साथै आगामी दिनमा ग्रामिण स्वास्थ्य क्षेत्रका सामजिक कार्यक्रमहरुमा सहकार्य गरि अघि बढ्ने कुराहरु उल्लेख छन् I

Related Links

Contact Us

Youtube


Facebook